५ कात्तिक , काठमाण्डौ ।
यही मसीर ४ गते हुने गईरहेको प्रतिनिधी तथा प्रदेश सभा लक्षीत उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कार दिने घोषणा गरेको छ। चुनावमा आधारित रही निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयलाई समेटेर उत्कृष्ट टिकटक भिडियो बनाउन आग्रह गर्दै आयोगले उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार स्वरुप प्रदान गर्ने घोषणा गरेको हो । आयोगले प्राप्त भएकामध्ये उत्कृष्ट पाँच भिडियोलाई जनही ५० हजार रुपैयाँले पुरस्कृत गर्ने जनाएको छ ।
टिकटक भिडियो बनाउदा सेकेण्डदेखि एक मिनेटसम्मको बनाएर आउँदो १५ गतेभित्र पठाइसक्नुपर्ने आयोगले जनाएको छ। उनीहरुलाई प्रशंसा पत्रसमेत दिईने आयोगको भनाई छ ।