६ कात्तिक , काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। एक हजार दुई सय ५० जनाको नमुना परिक्षण गर्दा ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थप ५९ जना कोरोना संक्रमित निको भएको मञ्त्रालयले जनाएको छ। यसैबीच नेपालमा डेङ्गी संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५२ जना पुगेको छ । गएको साउनपछि ४३ हजार ६ सय ८५ जनामा डेङ्गी पुष्टि भएकोमा ५२ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??