६ कात्तिक, एजेन्सी ।
सिङ्गापुरमा शनिबार कोभिड–१९ का ६ हजार ३ सय ३९ जनामा कोरानाको नयाँ सङ्क्रमित भएका छन् । यससँगै देशमा कोभिड १९ सङ्क्रमितका कुल सङ्ख्या बीस लाख ५९ हजार सात सय नौ जना पुगेका छन् । कोरोनाका यी सङ्क्रमितहरु पाँच हजार चार तीन जना स्थानीय र दुई सय ३४ आयातित रहेका जनाइएको छ ।
हाल यहाँ कुल ६ सय २८ सङ्क्रमित अस्पातालमा रहेका छन् । सघन उपचार केन्द्रमा १६ जना रहेका छन् यद्यपि शनिबार कोभिड १९ बाट कसैको पनि मृत्यु भने भएको छैन् । सिङ्गापुरमा कोरोना सुरु भएबाट हालसम्म एक हजार ६ सय ६० जनाको मृत्यु भएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??