७ कात्तिक, काठमाण्डौ ।
नेपालमा कोरोनाको सबभेरियन्ट ‘एक्सबीबी’ पुष्टि भएको छ । साउन २१ देखि असोज १४ सम्म विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनकै सबभेरिएन्ट ‘एक्सबीबी’ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना जारी गर्दै जानकारी गराएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङमा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएको र यो भेरिएन्टलाई उच्च संक्रामक भनिएको छ । यो एक्सबीबी भेरिएन्ट छिमेकी मुलुक भारतमा समेत देखिसकिएको छ । यसले कोभिडविरुद्धको खोपको माध्यमबाट शरीरले आर्जन गरेको प्रतिरक्षालाई सजिलै छल्ने र संक्रमण बढाउने खालको पाइएको मञ्त्रालयले जनाएको छ । । जाडोयाममा यो भेरिएन्टले गर्दा थुप्रै मुलुकमा अवस्था गम्भीर हुन सक्ने आकलन गरिएको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारीले बताउनुभयो ।