spot_img
spot_img
spot_img

तिहारको दिन मौसम सफा रहने

spot_img

८ कात्तिक , काठमाण्डौ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तिहारमा मौसम सफा रहने जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले वर्षा गराउने कुनै मौसमी प्रणाली विकसित नभएकाले यो पटकको तिहारमा मौसम सफा रहने बजानकारी गराउनुभएको हो ।
वर्षाका कारण दशैको बेला धेरै ठाँउमा क्षती भएको थियो । शरद् ऋतुको मुख्य पर्यटकीय सिजन पनि चलिरहेकोमा वर्षाले आन्तरिक तथा बाह्य पर्यटनलाई पनि असर पुगेको थियो ।

तिहार आउन एक हप्ता अघिदेखि नै देशैभरको मौसम सफा बन्दै गएको छ । मनसुन पनि बाहिरियो, पश्चिमबाट पानी पार्ने प्रणाली आउनुपर्छ त्यो सम्भावना देखिँदैन स्थानीय वायु पनि सक्रिय छैन । त्यसैले तिहारमा मौसम सफा रहने देखिन्छ । चिसो क्रमिकरूपमा बढ्दैछ, बिहान–बेलुका बढी चिसो हुन्छ’, मौसमविद् पौडेलले भन्नुभयो ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img