९ कार्तिक, रोहिणी ।
रुपन्देहीको अधिकांश तराई क्षेत्रमा राष्ट्रिय जनमुक्ती पार्टीको लहर बढदो छ। आगामी मंसिर ४ गते प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्य पदका लागि हुने चुनाव केन्द्रित प्रचार अभियानको क्रममा तराईमा सो पार्टीको जनलहर बढेको हो। यसैक्रममा रुपन्देहीको रोहिणी १ चनुलीमा राष्ट्रिय जनमुक्ती पार्टीले टोल भेला सम्पन्न गरेको छ। उक्त भेलाले शम्भु कोहारको अध्यक्षतामा टोल ईकाई समिति गठन भएको छ। उक्त टोल ईकाई समितिको उपाध्यक्षमा निर्मला कहाँर,सचिवमा मुरली यादव, कोषाध्यक्षमा बेचु पासी र सहसचिवमा किशोर पासी रहेका छन। यस्तै सदस्यहरुमा रमावन्त हरिजन, शुभावती हरिजन, रीना हरिजन, लक्की बरई र पवन कुमार हरिजन रहेका छन।
भेलालाई सम्वोधन गर्दै राष्ट्रिय जनमुक्ती पार्टी लुम्बिनी प्रदेश कमिटि अध्यक्ष झम बहादुर गुरुंगले बहुजातिय समानुपातिक प्रतिनीधित्वका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनमा राष्ट्रिय जनमुक्ती पार्टीको चुनाव चिन्ह घरमा मतदान गर्नु पर्ने बताउनु भयो। देशमा भएको हरेक बिभेदको अन्त्य गर्न राष्ट्रिय जनमुक्ती पार्टीको बिकल्प अरु कुनै दल नहुने बताउदै अहिले सम्म चुनाव जितेका दलहरुले एकल जातिय शासन थोपरेको र राज्यले जातिय बिभेद गरेको समेत नेता गुरुंगले आरोप लगाउनु भयो। अहिलेको सरकार बिदेशीको इशारामा चलेको र देशमा रहेका उधोग कल कारखानाहरु बिस्तारै धरासयी हुदै बन्द हुदै जानुमा सरकार आम जनताको पक्षमा नभई निश्चित जाती र व्यक्तिहरुको फाइदाका लागि मात्र काम गरिरहेको अरोप लगाउदै नेता गुरुंगले राज्य दोहन गर्ने शासक दलहरुको अन्त्य आवस्यक रहेको बताउनु भयो।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमुक्ती पार्टी, रुपन्देही क्षेत्र नं. १ का उमेद्वार डिबी थापाले नेपालका हरेक समुदायका भेषभुषालाई नै राष्ट्रिय पोसाकको रुपमा मान्यत दिनु पर्नेमा जोड दिदै बहुजातिय बहुसांस्कृति तथा बहुभाषिक देशमा सबै जातीको समान अधिकार र पहुंचका लागि राष्ट्रिय जनमुक्ती पार्टीलाई जिताउनुको कुनै बिकल्प नभएको बताउनु भयो।
यस्तै राष्ट्रिय जनमुक्ती युवा संघका केन्द्रिय उपाध्यक्ष सुन्दर गुरुंगले हरेक जाती र समुदायको सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक तथा राज्यको हरेक अंगमा पहुंचको अधिकार स्थापित गर्न पार्टी स्थापना कालदेखि नै निरन्तर संघर्ष गर्दै आइरहेको राष्ट्रिय जनमुक्ती पार्टी नै अवको बैकल्पिक शक्तीको रुपमा उदाउने ठोकुवा गर्नु भयो।
कार्यक्रममा राष्ट्रिय जनमुक्ती पार्टी, रुपन्देही क्षेत्र नं. १ (ख)का उमेद्वार रेखा प्रसाद चौधरीले आफ्नो जातिय अधिकार र पहिचानका लागि संघर्ष गर्नुको बिकल्प नभएको बताउदै जातिय एकाधिकार कायम राख्न खोज्ने शासक जाती र दलको अन्त्यका लागि राष्ट्रिय जनमुक्ती पार्टीको चुनाव चिन्ह घरमा मतदान गर्नु पर्नेमा जोड दिनु भयो। हाम्रो भाषा धर्म संस्कृति र परमपरालाई अन्त्य गर्न तल्लिन शासक दलहरुलाई अरुबेला गाली गर्नु भन्दा चुनावमा पराजित गरी कडा सजाय दिनको लागि पनि राष्ट्रिय जनमुक्ती पार्टीको चुनाव चिन्ह घरमा मतदान गर्नुको कुनै बिकल्प नभएको उमेद्वार चौधरीले बताउनुभयो। पार्टीका क्षेत्रिय अध्यक्ष आसबहादुर गुरुंगको अध्यक्षतमा कार्यक्रम सम्पन्न भएको थियो।