९ कार्तिक, अर्घाखाँची ।
अर्घाखाँचीमा निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीलाई इमान्दारीतापूर्वक लाग्न निर्देशन दिईएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले कुनै राजनीतिकक आग्रह वा पूर्वाग्रह नराखी सुरक्षामा खटिई आफ्नो भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।
६ वटा स्थानीय तहमध्ये ३ नगरपालिका र ३ गाउँपालिका रहेको अर्घाखाँचीमा १ हजार १ म्यादी प्रहरी निर्वाचनका खटिने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??