spot_img
spot_img
spot_img

रुपन्देही २ मा राष्ट्रिय जनमोर्चाले नेमकिपालाई समर्थन गर्ने

spot_img

११ कार्तिक, रुपन्देही ।

आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचित हुने चुनावमा रुपन्देही २ मा फरक मोड देखा परेको छ। नेकपा एकिकृत समाजवादीका उमेद्वार राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धन दल भित्रको राष्ट्रिय जनमोर्चाले फरक मत सार्वजनिक गरेपछि गठबन्धन भित्र नयाँ मोड देखा परेको हो। रुपन्देही क्षेत्र नं। ५ मा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गत बुधबार सत्तारुढ गठबन्धनले जनमुक्ती पार्टीका उम्मेदवार थापालाई समर्थन गर्ने निर्णय गरेको थियो । तर राष्ट्रिय जनमोर्चाले सो क्षेत्र गठबन्धनको साझा उमेद्वार नभएपछि सत्तारुढ गठबन्धनले समर्थन गरेको राष्ट्रिय जनमुक्ती पार्टीका उम्मेदवार केशव थापालाई समर्थन नगर्ने भएको छ ।

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ चार दलको बैठकपछि जनमुक्ती पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भनी जारी गरिएको विज्ञप्तिमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि हस्ताक्षर गर्नुभएको थियो ।
तर केसीले शुक्रबार विज्ञप्ति जारी गरी त्यस दिन भूलवस हस्ताक्षर हुन पुगेको बताउनु भएको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के।सी।द्वारा हस्ताक्षरित बिज्ञप्तीमा राष्ट्रिय जनमुक्ती पार्टीका उम्मेदवारलाई समर्थन गर्ने गरी राजमोको तर्फबाट भएको हस्ताक्षर भूलवस हुन गएको र उक्त निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हरिसुन्दर बासीलाई समर्थन र सहयोग गर्ने निर्णय भएको प्रेस वक्तव्य मार्फत् सार्वजनिक गराइएको छ।

यसैगरी राष्ट्रिय जनमोर्चा रुपन्देहीले पार्टीको निर्देशन बमोजिम रुपन्देही क्षेत्र नं। २ मा नेपाल मजदुर किसान पार्टीका उमेद्वार हरिसुन्दर बासीलाई सहयोग र समर्थन गर्ने प्रेस बिज्ञप्ती प्रकाशन गरेको छ। सो क्षेत्रमा नेकपा एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img