spot_img
spot_img
spot_img

सडक चौडा पार्न भारतले विस्फोट गराउँदा ढुङ्गाले लागेर दार्चुलामा बालकको मृत्यु, बालिका घाईते

spot_img

१२ कात्तिक , दार्चुला ।

भारतले सडक चौडा पार्ने क्रममा महाकाली नदीपारि विस्फोट गराउँदा दार्चुलामा उछिट्टिएको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ । व्यास गाउँपालिका(२ दुम्लिङका हिक्मत महराका छोरा ९ वर्षीय पवनको ढुङ्गा लागेर ज्यान गएको हो भने हिक्मतकी छोरी १४ वर्षीया सरिना घाइते भएकी छिन् । उनको खुट्टामा चोट लागेको छ । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै भौतिक संरचना बनाउँदा दुवै देशले एक अर्कालाई असर नपुर्याई काम गर्नपर्ने र विस्फोट गराउनैपर्ने भए त्यसको सूचना दिनुपर्ने हुन्छ।

तर, हिजो भारतले विस्फोट गराउँदा सूचना नै नदिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । भारतले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा विना सूचना विस्फोट गराउँदा उक्त घटना भएको हो । घाईते बालिकाको अहिले जिल्ला अस्पताल खलङ्गामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img