spot_img
spot_img
spot_img

नवलपुर बस दुर्घटनामा ५ जनाले ज्यान गुमाए, २४ जना घाइते

spot_img

१३ कात्तिक, पाल्पा ।

नवलपरासीको बुलिङटार गाउँपालिकामा बस दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन्। गोरखाको मनकामना मन्दिर दर्शन गर्ने यात्रु बोकेर पाल्पाको हुँगीबाट छुटेको ना ६ ख ७५८० नम्बरको बस कालीगण्डकी करिडोर अन्तर्गत नवलपुरको बुलिङटार गाउँपालिकामा आज बिहान दुर्घटनामा पर्दा ५ जनाको ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा रम्भा गाउँपालिका( १ हुँगीका अन्दाजी ४१ वर्षीया तारा विक, अन्दाजी १७ वर्षीय विनय विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीया देवि गाहा र स्याङ्जाको गल्याङ नगरपालिका(९ बेलचौर बस्ने अन्दाजी ४५ वर्षीया फूलमायाँ माझी रहेकाको प्रहरीले जनाएको छ ।
बस चालक रामपुर ३ गण्डकी ढिकका दिलकुमार श्रेष्ठ, सहचालक रामपुर(५ बेझाँडका साजन श्रेष्ठ पनि घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल नारायणघाट पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । ९

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img