१३ कार्तिक, रुपन्देही ।
रुपन्देही क्षेत्र नं ५ मा राष्ट्रिय जनमुक्ती पार्टीको तर्फबाट प्रतिनीधि सभा सदस्य उमेद्वार भैरव बहादुर थापा मगरले सत्ता गठबन्धनका उमेद्वार भरत कुमार शाहलाई समर्थन गर्ने भएका छन। रुपन्देही क्षेत्र नं. २ मा सत्ता गठबन्धन दलहरुले राष्ट्रिय जनमुक्ती पार्टीका उमेद्वार केशव बहादुर थापालाई साझा उमेद्वारको रुपमा समर्थन गर्ने भएपछि रुपन्देही ५ मा राष्ट्रिय जनमुक्ती पार्टीले भरत कुमार शाहलाई समर्थन गर्ने भएको हो।
५ दलिय सत्ता गठबन्धनले रुपन्देही २ मा राष्ट्रिय जनमुक्ती पार्टीको तर्फबाट प्रतिनीधि सभा सदस्य पदका उमेद्वार सो पार्टीका कार्यकारी अध्यक्ष केशव सूर्यबंशी मगरलाई साझा उमेद्वारको रुपमा समर्थन गर्ने भएपछि राष्ट्रिय जनमुक्ती पार्टीको तर्फबाट रुपन्देही क्षेत्र नं। १, ३ र ५ तथा क्षेत्र नं। ३ ९१ र २० का उमेद्वार समेत निस्कृय रहने राष्ट्रिय जनमुक्ती पार्टीको तर्फबाट रुपन्देही क्षेत्र नं। ५ का प्रतिनीधि सभा सदस्य उमेद्वार भैरब बहादुर थापाले दिनु भएको छ।
उमेद्वार थापाका अनुसार रुपन्देही १ मा ५ दलिय सत्ता गठबन्धनका साझा उमेद्वार घनश्याम भुसाल र क्षेत्र नं। ३ मा सोही गठबन्धनका उमेद्वार बालकृष्ण खांण र प्रदेश सभा तर्फ रुपन्देही ३ का १ र २ मा गठबन्धनकै साझा उमेद्वारहरुलाई समर्थन गर्ने भएपछि ती क्षेत्रमा राष्ट्रिय जनमुक्ती पार्टीको तर्फबाट उमेद्वार रहेका सबै उमेद्वारहरु निस्कृय रहने छन। राप्रपा, जसपा सहितको एमाले गठबन्धनका साझा उमेद्वारहरु रुपन्देही १ एमालेका छविलाल बिश्वकर्मा, २ मा बिष्णु पौडेल र ५ मा एमालेका बासुदेव घिमिरे तथा ३ मा राप्रपाका दीपक बोहोरा उमेद्वार रहेका छन।
रुपन्देही ५ मा राष्ट्रिय जनमुक्ती पार्टीले सत्ता गठबन्धनलाई समर्थन गर्ने भएपछि नेपाली कांग्रेसका भरत कुमार शाहको जित सुनिश्चितको प्रबल सम्भावना बढेको छ।