spot_img
spot_img
spot_img

एनगिडीको घातक बलिङ सामु भारत निरीह

spot_img

१३ कात्तिक, एजेन्सी ।

लुङ्गी एनगिडीले घातक बलिङ गर्दै चार विकेट लिएपछि टी(२० विश्वकपमा भारत दक्षिण अफ्रिकासँग पाँच विकेटले पराजित भएको छ । भारतले प्रस्तुत गरेको १ सय ३४ रनको लक्ष्य दक्षिण अफ्रिकाले दुई बल बाँकी छँदै पाँच विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो । दक्षिण अफ्रिकालाई जीत दिलाउन डेभिड मिलरले नटआउट रहँदै ५९ रन बनाए । ४६ बलमा उनले ४ चौका र ३ छक्का हिर्काए । एडन मार्क्रमले ५२ रनको योगदान दिए। भारतका लागि अर्शदीप सिंहले २ विकेट लिए । यसअघि सूर्यकुमार यादवको ६८ रनको मतले भारतले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको थियो ।
भारतका लागि अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान गर्न सकेनन् । रोहित शर्माले १५ रन बनाउँदा विराट कोहली १२ रन बनाएर आउट भए । दक्षिण अफ्रिकाका लागि एनगिडीले ४ विकेट लिए भने वेयन पार्नेलले ३ विकेट लिए । ३ खेलपछि समूह दुईमा दक्षिण अफ्रिका ५ अंकसहित शीर्ष स्थानमा रहेको छ भने भारत ४ अंकसहित दोस्रो स्थानमा छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img