spot_img
spot_img
spot_img

एमालेको चुनावी घोषणापत्र सार्वजनिक

spot_img

नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंगलबार अध्यक्ष केपी शर्मा ओलीले हात स्क्यान गरेर डिजिटल रूपमा घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिव २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ ।
घोषणा पत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाईभ डिबेट’ पनि यहीँबाट सुरु हुने एमालेले जनाएको छ । सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपाएकीकृत समाजवादीले संविधानको रक्षालाई मूल नारा बनाएर यस अघिनै चुनावी घोषणा–पत्र सार्वजनिक गरिसकेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img