spot_img
spot_img
spot_img

चुनावमा दुई लाख ४६ हजार जनशक्ति खटिदै

spot_img

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सुरक्षाकर्मी बाहेक दुई लाख ४६ हजार जनशक्ति परिचालन हुने भएका छन । चुनाव आउन अब १८ दिन बाँकी रहदा चुनावका लागी आवश्यक तयारी भईरहेको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ बमोजिम निर्वाचन प्रयोजनका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत आवश्यक देखिएका अन्य पद सिर्जना गरी आवश्यकता अनुसार कर्मचारी नियुक्त गर्न वा तोक्न सक्ने व्यवस्था रहेको छ।

निर्वाचन आयोगका अनुसार निजामती कर्मचारी, शिक्षक तथा अन्य सरकारी संघ संस्थासँग सम्बद्ध राष्ट्रियस्तरको ट्रेड युनियनका संघ, प्रदेश र जिल्ला कार्यसमितिका पदाधिकारी, कुनै कर्मचारीको नजिकको नातेदार उम्मेदवार भएमा त्यस निर्वाचन क्षेत्रमा नखटाइने व्यवस्था छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img