spot_img
spot_img
spot_img

ओमसतियाको तर्कुल्हामा जनमुक्तिको कार्यकर्ता भेटघाट

spot_img

ओमसतिया
राष्ट्रिय जनमुक्ती पार्टी रुपन्देही निर्वाचन क्षेत्र नं. १ ले मंगलबार ओमसतिया गाउँपालिका वडा नं.३ को तर्कुल्हामा कार्यकर्ता भेटघाट सम्पन्न गरेको छ।
कार्यक्रममा बोल्दै पार्टीका संघीय परिषद सचिव मोजिब अलीले पुराना पार्टी र नेताहरुले बारम्बार जनतालाई झुक्याएको आरोप लगाउँदै अब ती बेइमानहरुलाई जनमुक्तिले ठेगान लगाउने दाबी गर्नुभयो ।जनमुक्तीले राइट टु कोर्टको एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएको बताउँदै नेता अलीले कुनै पनि दल वा उम्मेदवारले आफ्नो घोषणापत्र अनुसार काम नगरेमा निजको विरुद्ध कानूनी प्रकृयामा जाने वा अदालत जान पाउने व्यवस्था लागू गर्न तम्तयार रहेको प्रष्ट पार्नुभयो ।
त्यस्तै पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्गले भ्रष्टाचारले गर्दा देश समृद्ध हुन नसकेको आरोप लगाउँदै भ्रष्टाचारीलाई तह लगाउन अब जनमुक्ति नै नेतृत्वमा आउनुपर्ने जिकीर गर्नुभयो ।

प्रदेश अध्यक्ष गुरुङ्गले जनमुक्तीले भ्रष्टाचारीलाई कम्तीमा २० बर्ष जेल वा आजीवन जेल सजाय र निजको सम्पत्ति राष्ट्रियकरण गर्ने दाबी गर्नुभयो । कार्यक्रममा जनमुक्ति युवा संघका केन्द्रीय सचिव डिबी थापा, पार्टीका जिल्ला अध्यक्ष एवं निर्वाचन क्षेत्र नं. १(१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रेम बहादुर थापा, निर्वाचन क्षेत्र नं.१(२) का प्रदेश सभा सदस्य पदका उम्मेदवार रेखा प्रसाद चौधरी, समानुपातिक उम्मेदवार सुमन न्यौपाने लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम क्षेत्रीय अध्यक्ष आश बहादुर गुरुङ्गको अध्यक्षता र नेपाल थारु राष्ट्रिय मञ्चकाप्रेस सल्लाहकार मनजीत चौधरीको संचालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img