रुपन्देहीको शुद्धोधनमा पौराणिक दर्वाह मेला २०७९ संचालन हुने भएको छ। परापुर्वकाल देखि ऐतिहासिक रुपमा संचालन उक्त मेला सञ्चालन हुदै आएको छ । यहि कार्तिक २१ गते देखि २५ गते सम्म लाग्ने मेलामा नेपालमा पहिलो पटक सबैभन्दा ठूलो चर्के पिङ्गको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ। दर्वाह मेला व्यवस्थापन समितिका संयोजक विपिन कुर्मीका अनुसार उक्त मेला अवलोकन गर्न रुपन्देहीको विभिन्न स्थान र भारतको सिद्धार्थनगर, नौतनवा, गोरखपुर, ठोरी लगायतका ठाँउबाट भक्तजनहरु आउने गर्दछन।
दर्वाहमा रहेको कोटहीमाई मन्दिरमा पारिवारिक सुखशान्ती र समृद्धिको भाकल पुजा गर्ने मेलाको रुपमा संचालन हुदै आएको दर्वाह मेला कुन समयदेखि लाग्ने गरेको भन्ने कुनै यकिन हुन भने सकेको छैन। यधपी हरेक बर्ष स्व स्फुर्त रुपमा लाग्दै आएको मेलालाई बिगत ५ र ६ बर्षदेखि व्यवस्थित गर्न दर्वाह मेला व्यवस्थापन समिति गठन गरिएको समितिका संयोजक विपिन कुर्मीले बताउनुभयो। शुद्धोधन गाँउपालिका वडा नं ५ को मानपकडी स्थित ऐतिहासिक तथा पौराणिक धार्मिक स्थल दर्वाहमा संचालन हुने मेलामा बालउधान, सांगेतिक कार्यक्रम र बिभिन्न व्यवसायिक स्टलहरुको समेत व्यबस्था गरिएको छ।