यतिबेला नेकपा एमालेका उमेद्वारहरु कञ्चनका विभिन्न स्थानमा चुनावी घरदैलो तथा मतदाता भेटघाटमा व्यस्त छन । आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमाले सहित प्रतिपक्षी दलहरुको गठबन्धनको तर्फबाट साझा उमेद्वारको रुपमा रहेका नेकपा एमालेका बासुदेव घिरिमे र भुमिश्वर ढकालले चुनावी प्रचारको क्रममा घरदैलो तथा मतदाताहरुको भेटघाट कार्यक्रमलाई तिव्रता दिइरहेका हुन ।
रुपन्देही ५ प्रतिनीधि सभा सदस्य तर्फका उमेद्वार तिलोत्तोमा नगरपालिकाका प्रथम मेयर तथा नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका बासुदेव घिमिरे र प्रदेश सभा तर्फ रुपन्देही ५(१) मा नेकपा एमालेका केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज समेत रहेका भुमिश्वर ढकालले आफु सधै जनताकै बिचमा रहेर कार्य गर्दै आइरहको र चुनाव पछि जनताकै माझमा रहेर जनताकै सेवा गर्ने भएकोले सही समयमा सही दलको सही उमेद्वारलाई छनौट गर्नु हरेक मतदाताको कर्तब्य समेत भएको भन्दै सूर्य चिन्हमा मतदान गर्न आग्रह गरेका थिए।
चुनाव पछि प्राप्त हुने परिणामलाई सहर्ष स्विकार्दै सदै आम जनताका बिचमा रहेर जनताकै सेवा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन। उमेद्वारहरुले आ आफ्नो पार्टीको घोषणा पत्र तथा प्रतिबद्धता पत्र सहित कञ्चन १ र २ का बिभिन्न स्थानमा पुगी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा पार्टीले प्रतिबद्धता तथा आफ्नो व्यक्तिगत प्रतिबद्धता समेत कार्यान्वयन गर्न प्रतिबद्धता ब्यक्त गर्दै मतदाताहरु बिच मत मागेका थिए । घरदैलो कार्यक्रममा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी लगायतका स्थानीय नेता तथा कार्यकर्ताहरु समेत आफ्ना उमेद्वारहरुसंगै सहभागी भएका थिए।