spot_img
spot_img
spot_img

बदर हुने मतको संख्या घटाउन पाल्पामा नमुना मतदान

spot_img

 

पाल्पामा नमुना मतदान गरिएको छ । मतदाता शिक्षाको अभावमा बदर हुन सक्ने मतको संख्या न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाको तानसेन १४ स्थित अर्गलीमा नमुना मतदान गरिएको हो । नमुना मतदानमा ३५ पुरुष तथा २४ जना महिला मतदाता सहभागी थिए । नमुना मतदानबाट मतदातालाई मत कसरी खसाल्ने र कसरी सही मत खसाल्न सकिन्छ भन्ने जानकारी दिइएको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

नमुना मतदानबाट निर्वाचनमा सहभागी हुँदा मतदाताले अपनाउनुपर्ने आचारसंहिता, मतदान स्थलमा प्रवेश गर्ने तरिका, बाहिर निस्कने तरिका, मतपत्रको संख्याका बारेमा समेत जानकारी दिइएको जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले बताएका छन । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पाल्पामा पाँच प्रतिशत बढी मत बदर भएको थियो । यस पटक स्थानीय तहमा भन्दा बदर मत कम हुने अपेक्षा गरिएको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img