spot_img
spot_img
spot_img

‘दीपक बोहराले रुपन्देहीको विकासका लागि धेरै काम गर्नुभएको छ’ : निरञ्जन थापा

spot_img

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले रुपन्देहीको विकासका लागि विकासप्रेमी नेता दीपक बोहराले धेरै काम गर्नुभएको बताएका छन् । उनले बोहरा ‘टुरिष्ट नेता’ नभएको दावी गरे । नेकपा एमाले, राप्रपा र जसपाले रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ स्थित बेलभरीयामा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले विकासप्रेमी नेता बोहराको योगदानको बारेमा सबै जानकार भएको बताए । उनले देशको विकासका लागि तीनदलीय तालमेललाई जिताउनुपर्ने बताए । उनले एमाले राष्ट्रवादी शक्ति भएकाले राप्रपाले एमालेसँग तालमेल गरेको बताए ।

उनले भने, ‘तीनदलीय तालमेलको प्रधानमन्त्री केपी ओली हुने कुरामा विवाद छैन, तर पाँचदलीय गठबन्धनबाट को प्रधानमन्त्री बन्ने निश्चित छैन । ’ उनले निर्वाचनमा सत्ता र शक्तिको दुरुपयोग हुन सक्ने भएकाले सजग हुनुपर्ने बताए । त्यस्तै नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ (२)बाट प्रदेशसभा सदस्यका उम्मेदवार तुलसी प्रसाद चौधरीले रुपन्देहीको विकासको कुरा गर्दा दीपक बोहराको नाम आउने बताए । उनले एमाले, राप्रपा र जसपाका उम्मेदवारलाई अत्याधिक मतले जिताउनुपर्नेमा जोड दिए ।

त्यस्तै बुटवल उपमहानगरपालिका–१४ स्थित विनायकपुरमा आयोजित कार्यक्रममा बोल्दै राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्यका समानुपातिक उम्मेदवार प्रदीप कुमार उदयले दीपक बोहरा विकासका पूर्वाधार तयार गर्ने व्यक्तिका रुपमा चिनिने नेता भएको बताए । उनले गठबन्धन सरकार आएपछि राष्ट्रघातको श्रृंखला सुरु भएको दावी गरे । नेता उदयले नेपाली कांग्रेसले सधै सत्ता केन्द्रीत राजनीति गरेको आरोप लगाए।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img