spot_img
spot_img
spot_img

मोडल अफ नेपालजञ्ज सिजन–२ को ताज प्राप्तीलाई

spot_img

नेपालगञ्ज/रवि राना
मोडल अफ नेपालगञ्ज सिजन–२ को ताज प्राप्ति सुवेदीले पहिरेकी छन् । मेजेस्टिक ग्रुप अफ इन्टरटेन्मेन्ट बुटवलले बाँकेको नेपालगञ्जमा आयोजना गरेको सिजन–२ को ग्रान्ड फिनालीमा अन्य १८ जना प्रतिस्पर्धिलाई पछी पार्दै प्राप्तिले ग्राण्ड वीनरको ताज पहिरिन सफल भएकी हुन् ।
विजेता बनेकी प्राप्तिले कम्पनीसँग एक वर्षका लागि विभिन्न देशहरुमा हुने कार्यक्रमा सहभागी हुने अवसरका साथै एक वर्षका लागि मोडलिङ कन्ट्रयाक, एजुकेशन स्कर्लसिप तथा विभिन्न आकर्षक गिफ्टह्याम्परहरु प्राप्त गर्न सफल भएकी छिन । नेपालगञ्जको होटल सिएसटीमा सम्पन्न फिनालीमा आदित्या चौधरी जुनियर मोडल आफ नेपालगञ्जको विजेता बनिन् भने मोडल अफ टिन निसान गौतम भएकी छिन।
यसैगरी प्रतियोगितामा मिस्टर मोडल अफ नेपालगञ्जको उपाधि आशिष चौधरी तथा मिस मोडलको उपाधी सिमा चौधरीले प्राप्त गर्न सफल भएको रवि रानाले जानकारी दिनु भएको छ । मोडल अफ एमबेस्डर बबिता खड्का, अधिक्तम भ्युअर्स च्वाइस इसानी साहू, रनर अफ मिस मोडल जोनिशा चौधरी र सेकेण्ड रनरअप ऋतिका थापा बन्न सफल भएकी छिन।
मोडल अफ नेपालगञ्ज सिजन–२ का विजेताहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले हरेक व्यक्तिमा अन्तरनिहित क्षमता हुने भएकोले ती क्षमता र प्रतिभाको प्रस्फुटन गर्ने अवसरले उनिहरुको सम्मान र प्रोत्साहन हुने उल्लेख गर्नु भयो। सोही कार्यक्रममा कोहलपुर नगरापालिका मेयर पूर्णप्रसाद आचार्यले कुनै व्यक्तिको व्यक्तित्व र उ भित्र रहेको प्रतिभा अनुहार हेरेर भन्दा पनि प्रस्फुटन गर्ने अवसर पाएमा जिवन्त कलाको अनुभव गर्न समेत पाइने बताउनु भयो।
प्रतियोगिताको चिफ जर्ज मिस नेपाल २०१९ की प्रतियोगी प्रियारानी लामा लगायतले विजेताहरुलाई सफलताको शुभकामना व्यक्त गरेका थिए । आयोजक संस्थाका फाउण्डर मन्जेस गिरीले प्रतियोगितामा सहभागी सम्पूर्णलाई बधाई तथा शुभकामना व्यक्त गर्दै व्यक्तित्व बिकास तथा युवाहरुमा नेतृत्व क्षेमतामा अभिवृद्धि र उनीहरुको प्रतिभा प्रस्फुटनका लागि प्रप्रतियोगीता आयोजना गरिएको बताउनु भयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img