काठमाण्डौ – सागर ढकाललाई चुनावी प्रचारप्रसार गर्न निर्वाचन आयोगको निर्देशन दिएको छ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाधरूपमा प्रचारप्रसार गर्न निर्देशन दिएको हो । सोमवार डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचारमा बाधा पुर्याइएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।
डडेल्धुरा लगायत विभिन्न जिल्लामा उम्मेदवारले निर्वाधरूपले प्रचारप्रसार गर्ने काममा अवरोध भएको भन्ने विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सागर ढकाल लगायत सम्पुर्ण उम्मेद्वाहरुलाई लाई चुनावी प्रचारप्रसारका लागी निर्देशन दिएको हो ।