तराई मधेस जनता पार्टी (टाईगर्स)ले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी पार्टी र सरकारबीच विगतमा भएको ११ बुँदे सम्झौता कार्यान्वयन नभएकाले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको हो ।
आफ्ना नेता कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता नभएको र पक्राउ परेका नेता कार्यकर्तालाई रिहा नगरिएकाले बाध्य भएर निर्वाचन बहिष्कार गर्नुपरेको पार्टीका केन्द्रीय सचिव मेजर पाण्डेले बताएका छन । उनले पार्टीको विधान विपरीत गतिविधि गरेकाले पार्टीका केन्द्रीय महासचिव रोशन शाहलाई निष्कासन गरिएको पनि जानकारी गराएका थिए ।
तराई मधेस जनता पार्टीद्धारा निर्वाचन बहिष्कार गर्ने घोषणा
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??