spot_img
spot_img
spot_img

सरकारले धानको न्यूनतम समर्थन मूल्य तोक्यो

spot_img

सरकारले यस वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ। यस वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार नौ सय ६७ रुपैयाँ तोकेको छ। कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९(८० का लागि धानको समर्थन मूल्य तोकेको कृषि मन्त्रालयले जनाएको छ । यस्तै मध्यम धानको मूल्य पोहोरको तुलनामा दुई सय २६ रुपैयाँले धेरै अर्थात् प्रतिक्विन्टल तीन हजार एक सय २८ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा खाद्यान्नको भाउ बढेसँगै सरकारले पनि धानको न्यूनतम समर्थन मूल्य बढाएको जनाईएको छ ।
न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरूलाई सरकारले प्रतिक्विन्टल एक सय १२ रुपैयाँ व्यवस्थापन खर्च उपलब्ध गराउने व्यवस्था छ । यस आर्थिक वर्षमा तीन लाख मेट्रिक टन धान खरिदका लागि ३३ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img