नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातीय विभेदको अन्त्य आरक्षणबाट नभइ ज्ञान र सीपबाट मात्र हुने बताएका छन। उनले आरक्षणले ज्ञान, सीप र क्षमतालाई निष्क्रिय बनाउँदै समुदायका पनि एउटा निश्चित व्यक्तिले मात्र अवसर पाउने बताउदै यसलाई बुझेर अगाडी बढ्नुपर्ने बताएका हुन । एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजले आज बिहीवार दमकमा आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उहाँले आरक्षणले कुनै जाति समुदायको उत्थान गर्न नसक्ने उल्लखे गरेका छन ।
नेपालमा संविधान र कानुनमा विभेद हटेको वर्षौँ भए पनि मानिसको चेतना र व्यवहारमा हट्न नसकेको उनको भनाई छ । देशमा भएको जातीय विभेदविरुद्ध सङ्गठितरूपमा एमालेले आवाज उठाउँदै आएकाले अब राज्य तहबाटै विभेद उन्मूलनको योजना अघि बढाइने उल्लेख गरे ।
जातीय विभेदको अन्त्य ज्ञान र सीपबाट मात्रै हुने एमाले अध्यक्ष ओलीको भनाई
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??