काठमाडौं । आसन्न निर्वाचन देशलाई कता लैजाने भन्नेमा निर्भर रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। शनिबार चितवनमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री देउवाले चितवनबाट नै स्थानीय तहको निर्वाचनमा पनि सत्तारूढ गठबन्धनले विजयी हासिल गरेको उल्लेख गर्दै प्रतिनिधि सभामा पनि जिताएर चितवनका जनताले गठबन्धनको जितको श्रेय लिनुपर्ने बताएका थिए। ‘के कारणले हामीले ओलीजीलाई हटाउनुपर्यो, के कारणले लामो लडाइँपछि ल्याएको लोकतन्त्र, गणतन्त्रलाई स्थायी बनाउनुपर्यो, त्यो सबै आइसकेको छ। अ
हिले राष्ट्र कता जाने हो, यो राष्ट्रमा एकातिर लडेर ल्याएको गणतन्त्र, प्रजातन्त्रलाई स्थायी रूपमा स्थापित गर्नुछ भने अर्कोतिर संघीय शासन व्यवस्था, समावेशी शासन व्यवस्था, हिमाल, पहाड मधेश र मेचीदेखि महाकालीसम्मको राष्ट्रलाई एकबद्ध बनाएर लैजाने हाम्रो प्रयासलाई झनै बढी एकताबद्ध बनाउने कि कता जाने भन्ने लडाइँ छ। अहिले जो गठबन्धनको सरकार बनेको छ, उहाँहरूले मलाई प्रधानमन्त्री बन्न मद्दत गर्नुभएको छ, त्यसैले आजको गठबन्धको सरकार छ।’ प्रधानमन्त्री देउवाले भनेका छन ।
प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा रहँदा संविधानलाई मनपरी रूपमा प्रयोग गरेर संसद विघटन गरेको उल्लेख गर्दै कुनै पनि प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नरहेको उल्लेख गरेका थिए ।