बुटवल। आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको खारेजी तथा बहिस्कारको कार्यक्रमलाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य तथा प्रवक्ता प्रकाण्ड भोली बुटवल आउने भएका छन। आइतवार तिन दलको संयुक्त बैठकबाट भएको निर्णय बमोजिम भोली कार्तिक २८ गते बुटवलमा निर्वाचनको खारेजी तथा बहिस्कार सम्बन्धी भण्डाफोर कार्यक्रम हुने भएको हो।
नेपाल कम्युनिष्ट पार्टी, रुपन्देहीका सेक्रेटरी बिस्वास, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका सेक्रेटरी शसी र नेकपा रुपन्देहीका सेक्रेटरी घनश्यामद्वारा जारी संयुक्त बिज्ञप्तीमा दलाल पुँजीवादी संसदीय व्यबस्थाको मंसिर ४ गते हुने कथित निर्वाचन खारेज तथा बहिस्कारका लागि कार्तिक २८ गते बुटवलमा भण्डाफोर कार्यक्रम हुने उल्लेख गरिएको छ। कार्तिक २८ गते सोमवार मध्यान्ह १२ बजे राजमार्गचौराह देखि भण्डाफोर अभियानको बृहत र्याली हुने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
बिज्ञप्तीमा दलाल पुँजीवादी संसदीय व्यवस्थाको चुनाव जनघात, राष्ट्रघात र भ्रष्टचारको अखडा भएको उल्लेख गर्दै मंसिर ४ को चुनाव पनि अर्को जनघात गर्ने बैधानिक माध्यम भएकाले यस्तो अवस्थामा देशको रक्षा गर्ने क्रान्तीकारी पार्टी, देशप्रेमी र राष्ट्रवादी जनताको अपरिहार्य भएको उल्लेख गरिएको छ। उक्त भण्डाफोर कार्यक्रमलाई सम्बोधन गर्न नेतृत्वको नेकपाका केन्द्रीय प्रबक्ता प्रकाण्ड, बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टीका केन्द्रीय प्रबक्ता जागृत रायमाझी र नेकपाका केन्द्रीय सचिवालय सदस्य हरदेब ज्ञवाली आउने भएका छन। जनघात, राष्ट्रघातको बिरुद्ध आफ्नो अभिमत प्रकट गर्न सम्पुर्ण बामपन्थी,देशभक्त, प्रगतिशिल, बुद्धिजीवी लगायतलाई बिज्ञप्ती मार्फत आग्रह गरिएको छ।
चुनाव बहिस्कार कार्यक्रमलाई सम्बोधन गर्न प्रकाण्ड बुटवल आउदै
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??