बुटवल । रुपन्देही क्षत्र नं २ सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार केशवबहादुर थापा सुर्यवंशीले बुद्धजीविहरुलाई मतदाता शिक्षामा केन्द्रित हुन आग्रह गर्नुभएको छ । उहाले वदर मत रोक्दा मतदाताले दिएको मतको पनि कदर हुने र जति वदर मत घटाउन सकिन्छ त्यति आफूहरुलाई फाईदा हुने बताउनु भयो । शनिबार बुटवलमा आयोजना गरिएको बुद्धिजीविहरुको भेटघाट कार्यक्रममा बोल्दै वहाँले त्यसको लागि पनि बुद्धजीविहरुले मतदातालाई मतदाता शिक्षा दिन आग्रह गर्नु भएको हो ।
राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष समेत रहनु भएका उम्मेद्वार थापाले यो निर्वाचन संविधान र व्यवस्था बचाउने वा समाप्त गर्ने विषयको जनमत संग्रह जस्तै रहेको बताउनु भयो । संसदमा झण्डै दुई तिहाई नजिक रहेको एमाले अध्यक्ष केपि ओलीले आफ्नो घर झगडाको विषयलाई लिएर दुई दुई पटक संसद विघटन गरेको बताउँदै अब पनि एमालेले जिते संविधान र व्यवस्था समाप्त गर्ने आरोप लगाउनुभयो ।
कार्यक्रममा बुटवल ८ का वडा स्तरीय प्रचार समिति संयोजक मदन पौडेल गठबन्धनको स्थिति राम्रो रहेको र यो एकता कायम राखिराख्नु पर्ने बताउनुभयो। रुपन्देही क्षेत्र नं। २ मा काँग्रेस नेतृत्वको सत्ता गठबन्धनले प्रतिनीधि सभा सदस्य पदमा राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापा तथा प्रदेश सभा सदस्य पदमा क बाट नेपाली काँग्रेसका युवा नेता दीर्घबहादुर केसी र ९ख० बाट माओवादी केन्द्रका बामदेव क्षेत्रीलाई उम्मेद्वार बनाएको छ ।
मतदाता शिक्षामा केन्द्रित हुन बुद्धिजीविहरुलाई उम्मेद्वार थापाको आग्रह
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??