देवदह र लायन्स क्लब अफ देवदहद्वारा निशुल्क मधुमेह परीक्षण सम्पन्न भएको छ। मधुमेह दिवसको अवसर पारेर लायन्स क्लब अफ देवदहको आयोजना र देवदह नगरपालिका वडा नं ५ को सहयोगमा उक्त शिविर सम्पन्न भएको हो। बिगत लामो समय देखि लायन्स क्लब अफ देवदहले शिक्षा, स्वास्थ्य, लगाएतका विभिन्न समाजिक क्षेत्रहरुमा कार्य गर्दै आईरहेको र समय–समयमा रक्तदान, निशुल्क स्वास्थ्य परिक्षण जस्ता कार्यक्रमहरु गर्दै आईरहेको छ।
देवदह नगरपालिका वडा नं ५ को कार्यालय परिसरमा बिहान १० बजेदेखि २ बजे सम्म चलेको परिक्षणमा १०९ जनालाई निशुल्क मधुमेह परिक्षण तथा काउन्सिल गरिएको कार्यक्रमका अध्यक्ष तथा क्लबका प्रथम उपाध्यक्ष मन बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।