काठमाडौं // पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा घरेलु टोली नेपालले हार ब्यहोरेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा नेपाल युएईसँग ८४ रनले पराजित भएको हो । यूएईले दिएको २ सय ६८ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो। नेपालका लागि दिपेन्द्र सिंह एरीले ५४ रन तथा अर्जुन साउदले ५१ रनको अर्धशतीय इनिङ्स खेले । यो अर्जुनको डेब्यु खेलमै अर्धशतक हो । यस्तै, गल्शन झाले अविजित १९ र आसिफ शेखले १२ रन बनाए। हरिशंकर साह ८, कुशल भुर्तेल ६, सोमपाल कामी र करण केसी ३–३ तथा कप्तान रोहितकुमार पौडेल १, ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए। ललिल नारायण राजवंशी ६ रन नटआउट रहे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन बनायो ।युएईका लागि रोहन मुस्तफाले ५३ रनको अर्धशतकीय इनिङ खेले । यस्तै मुहमद वासिमले ४४ रन जोड्दा भ्रित्य अरभिन्दले ४० रनको योगदानी दिए । एलिशन शाराफुले २९ रन बनाउँदा बसिल हामिदले १४ रन जोडे। यस्तै, आयन हफ्जल खानले २६ रन जोड्दा अहमद राजाले अविजित २७ रन जोडे । नेपालका गुलशन झाले २ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए । यस जितसँगै यूएईले तीन म्याचको एकदिवसीय सिरिजमा १–० को अग्रता लिएको छ। अब यूएई र नेपालबीचको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय बुधबार तथा तेस्रो तथा अन्तिम म्याच शनिबार हुनेछ ।
यूएईसंग नेपाल ८४ रनले पराजित
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??