spot_img
spot_img
spot_img

अर्घाखाँचीमा देशको सीमा सुरक्षा र सार्बभौमिकता रक्षाका लागि नेमकिपाको चुनाव प्रचार

spot_img

अर्घाखांची । आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टीले अर्घाखाँचीमा चुनाव प्रचार प्रसार गरेको छ। देशको सीमा सुरक्षा र सार्बभौमिकता रक्षाको संघर्षलाई अगाडी बढाउन अर्घाखांचीका मतदाताहरुसंग मादल चिन्हमा भोट मागेका छन। नेमकिपाको तर्फबाट अर्घाखांचीमा प्रतिनीधि सभा तर्फका उमेद्वार सुतेज दुवालले सन्धीखर्क नगरपालिका वडा नं। ७ को किटानी, फुडवांग, गच्छी, वडा नं। ८ को खिमडांडाका बस्तीहरुमा पुगी मतदाताहरु बिच देश र जनताको इमान्दारिता पुर्वक सेवा गर्ने नेमकिपाका उमेद्वारहरुलाई मादल चिन्हमा मतदान गरी विजयी बनाउन आग्रह गर्दै प्रचार प्रसार गर्नु भएको हो।

मतदाताहरुको घर दैलोमा पुगेर नेमकिपाको चुनाव चिन्ह मादलमा भोट माग्दै उमेद्वार दुवालले निर्वाचनमा सामान र पैसा बााड्ने तथा भोज खुवाएर जनतालाई धोका दिने शासक दलहरुलाई परास्त गर्न र निर्वाचन पछि सामानको मुल्य बढाउने र पटक पटक सरकार कब्जा गरेर जनतालाई दुख दिनेहरुहरुलाई पराजित गर्न मादलमा मतदान गर्न आग्रह गर्नु भएको थियो। यस्तै अर्घाखांचीको भुमिकास्थान नगरपालिका वडा नं। ३ को धारापानी, वडा नं। ४ को पिपलघारी, वडा नं।

५ को असुरकोट, वडा नं ७ को खिजी, वडा नं। ७ र ८ को नुवाकोट, चिउरापाटी, वडा नं। ९ को ढिकुरा र बासबर्ने लगायतका स्थानहरुका मतदाताहरुका घरदैलोमा पुगी भ्रष्टचाचारी, कालाबजारिया, तस्कर, कनाुन हातमा लिने र गुण्डागर्दी गर्ने दल र उमेद्वारहरुलाई परास्त गर्न मादल चिन्हमा मतदान गरी नेमकिपाका उमेद्वारहरुलाई विजयी गराउन उमेद्वार दुवालले आग्रह गर्नु भएको थियो । यसैगरी पाणिनी गाउपालिकाको पाली, कुरुली, दुर्गाफाँट,मैदानका गाउहरुमा समेत नेमकिपाले चुनाव प्रचार प्रसार गरेको थियो। अर्घाखाँचीमा नेमकिपाले सुतेज दुवाललाई उमेद्वारको रुपमा अगाडी सारेको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img