spot_img
spot_img
spot_img

नेपाली कांग्रेसको अयोग्यता कारण रूपन्देही ५ पछाडी पर्यो : खिमलाल भट्टराई

spot_img

दीपक/ सुमन जैसवाल
नेपाली कांग्रेसको अयोग्यता कारण रूपन्देही क्षेत्र नं. ५ पछाडी परेको नेकपा एमालेका पोलिटव्युरो सदस्य खिमलाल भट्टराईले बताउनु भएको छ । लुम्बिनी संस्कृतिक नगरपालिका स्थित खुनगाईमा आयोजित नेकपा एमालेको चुनावी प्रचारप्रसार कार्यक्रममा उहाँले सो कुरा बताउनु भयो ।
रूपन्देही क्षेत्र नं. ५ मा नेपाली कांग्रेसले तीन पटक जितेर १५ वर्षसम्म केही काम गर्न नसकेको उहाँले बताउनु भयो । नेपाली कांग्रेसका कारण यस क्षेत्रको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार, उद्योग व्यावसय, भौतिक पूर्वधारहरू बाटो पूल निर्माण, फोहोरमैला व्यवस्थापन लगाएत विकासका सबै काम पछि परेका छन भन्दै नेपाली कांग्रेसले केही काम नगरेको राष्ट्रिय सभाका पुर्व सदस्य भट्टराइले दावी गर्नु भयो ।नेपाली कांग्रेसबाट अब देश चल्न नसक्ने र यस क्षेत्रको विकास हुन नसक्ने भन्दै लुम्बिनी क्षेत्रको विकास जुन गतिमा हुनु पर्ने हो त्यो नभएको कारण अब आर्थिक क्रान्ति सहितको विकासका लागि नेकपा एमालेलाई विजयी बनाउनु पर्ने नेता भट्टराइले जोड दिनु भयो ।
रूपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले नीति निर्माण देखि विकासका कार्यमा अगुवाई गरिने बताउनु भयो । यदि यस क्षेत्रमा नेकपा एमालेले जितेमा ककरहवा नाकासंग जोडिएर रहेको कालिदह भन्सारलाई व्यवस्थित बनाइने, लुम्बिनी र यस बाहिर रहेको बौद्धकालिन सभ्यतासंग गाँसिएर रहेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा विकास गरिने उमेद्वार घिमिरेले प्रतिबद्धता जनाउनु भयो ।
रूपन्देही क्षेत्र नं. ५ (२) का प्रदेश सभा सदस्य पदका उम्मेदवार रामचन्द्र यादवले प्राथमिकताका आधारमा स्थानीयहरूको सहभागितामा विकासका काम गरिने प्रतिबद्धता जनाउनु भयो । यस क्षेत्रको कृषि,पर्यटन,शिक्षा, स्वास्थ्य लगायत भौतिक पूर्वधारको विकास आफ्नो प्राथमिकता रहने उमेद्वार यादवले प्रतिवद्धता गर्नुभएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img