spot_img
spot_img
spot_img

ग्राफिक डिजाईनिङ तथा ए सि , फ्रीज बनाउने तालिम सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

spot_img

देवदह // रुपन्देहीको देवदह नगरपालिका वडा नं ५ मा ग्राफिक डिजाईनिङ, डिजिटल मार्केटिङ, ए सि , फ्रीज, मोटर बनाउने तालिम सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । देवदह नगरपालिका वडा नं ५ को वार्षिक कार्यक्रम तथा वडा स्तरिय कार्यक्रम अन्तर्गत सो तालिम संचालन हुन गईरहेको हो ।

अभिमुखिकरण कार्यक्रममा बोल्दै देवदह नगरपालिका नगर प्रवक्ता तथा देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष गणेश डुम्रेले तालिम लिगिसकेपछि रोजगारी खोज्ने भन्दापनि रोजगारदाताले अाफुलाई रोज्ने बन्नु पर्ने बताउनुभयाे । उहाले तालिम लिगिसके पछि प्रमाणपत्रमा मात्र सिमित नभई सिकेको सिपलाई सहि ठाउँमा सदुपयाेग गर्नुपर्नेमा जाेड दिनुभयाे ।

सो कार्यक्रममा बाेल्दै प्रशिक्षक दिपेस मल्लले अहिलेको प्रविधियुक्त समाजमा सूचनाकाे प्रमुख स्रोत भनेकै डिजिटल सामाग्रीहरू भएकाे र अाज देशमा त्यस्ताे जनशक्तिकाे अभाव रहेकाे बताउदै तालिममा ध्यानपुर्वक सिक्नका लागि प्रेरित गर्नुभएकाे थियाे ।

देवदह नगरपालिका वडा न ५ मा संचालन हुन गईरहेकाे उक्त तालिममा तालिमपछिको सम्भावना, अवसर चुनौती लगायतको विषयमा प्रकाश पारीएकाे थियाे । कार्यक्रममा देवदह ग्राफिटेकका संञ्चालक राम बहादुर गुरुङ, क्याथ्वर्डका संचालक गणेश क्षेत्री, प्रशिक्षक दिपेश मल्ल, अरुण ज्ञवाली लगायतको उपस्थिति रहेकाे थियाे । तालिम मंसिर ११ गते देखि सञ्चालन हुने वडा कार्यालयले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img