spot_img
spot_img
spot_img

ट्विटर ब्लु टिक मंसिर १३ देखि पुनः सुरु हुने घोषणा

spot_img

ट्विटरका नयाँ मालिक एलन मस्कले मंगलबार ट्विटर ब्लु टिक सदस्यता योजना नोभेम्बर २९ अर्थात् मंसिर ३ बाट फेरि सुरु हुने जानकारी दिएका छन्। उनले बुधबार बिहान यसबारे ट्वीट गर्दै भनेका छन्, ‘नोभेम्बर २९ मा, ट्विटर ब्लु–भेरिफाइड फेरि सुरु हुनेछ र यसपठक यो पहिले भन्दा बलियो छ भनेर निश्चित गरिनेछ ।’
विगतमा, ट्विटरले आफ्नो ८ डलर सदस्यता शुल्क तिरेर अकाउन्ट भेरिफाईको सेवालाई तत्काल प्रभावबाट रोक्नुपरेको थियो । वास्तवमा, यस योजनाअन्तर्गत, धेरै नक्कली र प्यारोडी खाताहरूले पैसा तिरेर आफ्नो लागि निलो प्रमाणीकरण ट्यागहरू किनेका थिए ।
यस योजनामा ​​आएको अनियमिततालाई ध्यानमा राख्दै ट्विटरले यो प्रक्रिया रोक्नुपरेको थियो ।​ ट्विटर खरिद गरेपछि एलन मस्कले प्रमाणीकरण प्रक्रियाका लागि पैसा लिने घोषणा गरेका थिए । यसपछि प्रमाणीकरणका लागि मासिक आठ डलर शुल्क तोकिएको थियो।

मस्कले भने– उनीहरुलाई जागिरबाट निकालेर गल्ती भयो

यसबाहेक, एलन मस्क ट्विटरको नयाँ मालिक बनेपछि कम्पनीबाट ठूलो संख्यामा कर्मचारीलाई हटाइयो ।
अब यस्तै दुई कर्मचारीको तस्बिर सेयर गर्दै एलन मस्कले ट्वीटरमा लेखेका छन् कि यी कर्मचारीहरुलाई बर्खास्त गरेर गल्ती भएको छ। अहिले फेरि उनीहरुलाई काममा लगाइएको छ ।
उनले ट्वीट गरे, ‘लिगमा र जोनसन तपाईंहरुलाई स्वागत छ ।’

-एजेन्सीहरुको सहयोगमा

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img