टालटुल गरी दल बटुलेर बनाइएको गठबन्धन देशका लागि घातक भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन ।
बुधवार सुनसरीको क्षेत्र नम्बर ४ को चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । तत्कालीन गठबन्धनले देशलाई विकास र समृद्ध बनाउन नसक्ने दाबी गर्दै गठबन्धन देश बनाउनका लागि नभर्इ देश लुटेर खानको लागी बनेको आरोप लगाएका छन ।
‘टुटेफुटेका हाँडीजस्तै भेला पारेर बनेको गठबन्धनले देश विकास गर्न सक्दैन । यो गठबन्धन सरकार कब्जा गरेर लुटेर खानका लागि हो । त्यस्तो गठबन्धनले अनि देश बनाउँछ। मङ्सिर ४ मा जनताले देखाइ दिनेछन् । बिना ढेउवा के भन्नेहरूलाई ।’ उनले भने ।अध्यक्ष ओलीले देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आउँदो चुनावमा एमालेलाई जिताउन आवश्यक भएको जिकिर गरेका छन।