spot_img
spot_img
spot_img

टर्कीका धार्मिक नेता ओक्तारलाई ८ हजार ६ सय ५८ वर्षको जेल सजाय

spot_img

एजेन्सी । टर्कीका धार्मिक नेता अदनान ओक्तारलाई यौन दुर्व्यवहारको आरोपमा अदालतले आठ हजार छ सय ५८ वर्षको जेल सजाय सुनाएको छ ।
अदनानमाथि महिलासँग अभद्र व्यवहार गरेको आरोप लागेको थियो । उनले महिलालाई यातना दिने, यौन दुर्व्यवहार गर्ने र तुच्छ शब्द प्रयोग गर्ने गरेको पनि अदालतले पुष्टि गरेको छ । यसअघि पनि अदालतले अदनानलाई एक हजार वर्षको जेल सजाय सुनाएको थियो । अदनानले धेरै युवती उपस्थित हुने एक टीभी शो चलाउने गरेका थिए ।
युवतीलाई उनले धेरै मेकअप गर्न र कम लुगा लगाउन भन्ने गरेको पाइएको छ । ६६ वर्षीय अदनान धार्मिक गुरु पनि हुन् । गएको वर्ष पनि उनीमाथि यौन दुर्व्यवहार र नाबालिग बालिकाको शोषणको मुद्दा परेको थियो । जसका कारण अदनानलाई एक हजार ७५ वर्षको जेल सजाय सुनाइएको थियो । अदनानमाथि राजनीतिक र सैन्य जासुसीको पनि आरोप छ । उनी धार्मिक नेता गुरु भए पनि उनको जीवनशैली फरक छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img