तेलुगु सिनेमाका पहिलो सुपरस्टार कृष्णा बाबु ९शिव रामा कृष्ण घट्टामानेनी०को मंगलबार हृदयघातका कारण ७९ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार दिउँसो राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने छ । कृष्णा बाबु तेलुगु सुपरस्टार महेश बाबुका पिता हुन् । करिब ५ दशकको फिल्मी करियरमा कृष्णा बाबुले ३५० भन्दा बढी फिल्ममा काम गरेर कीर्तिमान बनाएका थिए । उनले सबैभन्दा छिटो २०० फिल्म गर्ने कीर्तिमान राख्नुका साथै एउटै अभिनेत्रीसँग ४८ फिल्ममा काम गर्ने कीर्तिमान पनि राखेका छन् ।
कृष्णाले आफ्नी दोस्रो पत्नी विजयासँग मिलेर यो कीर्तिमान बनाएका हुन् । यससँगै उनले जया प्रदासँग ४७ चलचित्रमा पनि काम गरे । यसरी ९५ फिल्ममा उनको दुई मात्रै नायिका थिए । महेश बाबु र उनकी श्रीमती नम्रता शिरोडकर लगायत सम्पूर्ण घट्टमानेनी परिवारले सामाजिक सञ्जालमा जीएमबी इन्टरटेनमेन्टको तर्फबाट एक पोस्ट सेयर गर्दै सुपरस्टार कृष्णको निधनको जानकारी दिएका छन् ।