एजेन्सी । २० वर्ष अगाडिको हिट फिल्म ‘हेरा फेरी’को अब तेस्रो श्रृंखला निर्माण हुँदैछ । यसका अघिल्ला दुई श्रृंखलामा मुख्य भूमिकामा अभिनय गरेका अक्षय कुमारलाई तेस्रो सिरिजमा अभिनेता कार्तिक आर्यनले रिप्लेस गरेका छन् । निर्माताले महंगो पारिश्रमिकका कारण अक्षयलाई लिन नसकेको चर्चा छ भने अक्षयले स्क्रिप्ट चित्त नबुझेपछि काम गर्न स्वीकार गरेको स्पष्टीकरण दिएका छन् ।‘हेरा फेरी’ सिरिजका मुख्य कलाकार सुनील शेट्टीले भने फिल्ममा अक्षय कुमारको विकल्प नभएको बताएका छन् । ‘हेरा फेरी ३’ मा दर्शकहरुले आफू, अक्षय कुमार र परेश रावललाई नै देख्न चाहेकाले अक्षयलाई रिप्लेस गर्न नहुने उनको स्पष्ट तर्क छ । उनले कार्तिकसँग निर्माण टिमले अर्को चरित्रका लागि कुरा गरेकाले अक्षय रिप्लेस भएको कुरामा सत्यता नहुन सक्ने उनको भनाइ छ ।
उनले अक्षयको विना ‘हेरा फेरी ३’ नयाँ अनुभव हुनेपनि बताएका छन् । सुनीलले भनेका छन्, ‘फिल्ममा उनको कमी सधैं हुनेछ । अब फाइनल कास्ट के हुन्छ, त्यो हेर्न बाँकी छ । अहिले मलाई फिल्मको बारेमा त्यति धेरै जानकारी छैन । म अलिपछि अक्षय र अन्य व्यक्तिसँग कुरा गर्नेछु ।’ शेट्टीले फिल्ममा अक्षयलाई यथावत् राख्न आफूले दुवै पक्षसँग सकेको पहल गर्ने पनि बताएका छन् । ‘हेरा फेरी ३’का लागि अक्षयसँग कुरा नमिल्नुको कारण पारिश्रमिक र प्रोफिट सेयर भनिएको छ । अक्षयले फिल्ममा काम गर्न ९० करोड पारिश्रमिक र केही प्रतिशत प्रोफिट शेयर मागेको र त्यो निर्मातालाई स्वीकार्य नभएपछि उनको ठाउँमा कार्तिकको प्रवेश भएको भारतीय सञ्चार माध्यामले जनाएका छन् । तर, अक्षयले फिल्ममा काम गर्न तयार नहुनुलाई स्क्रिप्टमा दोष देखाएका छन् ।
‘हेरा फेरी ३’मा अक्षय नै हुनुपर्ने सुनील शेट्टीको अडान
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??