३ मंसिर, बुटवल
पश्चिम नवलपरासीमा मतदान केन्द्र भित्रै मादक पदार्थ सेवन गर्ने एक जना मतदान अधिकृतलाई बर्खास्त गरिएको छ । बर्दघाट नगरपालिका १३ मझौनीमा रहेको दुर्गा माध्यमिक विद्यालयमा मतदान अधिकृतको रुपमा खटिएका जिल्ला वन कार्यालयका सहायक वन अधिकृत श्याममणी प्रसाद मण्डल मादक पदार्थ सेवन गरी मतदान केन्द्र भित्रै अचेत अवस्थामा फेला परेका थिए ।
उनलाई तत्काल प्रहरीले नियन्त्रणमा लिई परासी स्थित पृथ्वी चन्द्र अस्पतालमा स्वस्थ्य परिक्षण गराई थप कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी नायव उपरिक्षक डिएसपी भोजराज पाण्डेयले जानकारी दिनुभएको छ। मण्डलको स्थानमा क्षेत्र नं। १ निर्वाचन अधिकृतको कार्यालय बर्दघाटबाट अर्को मतदान अधिकृत नियुक्ति गरि पठाइएको छ ।
मतदान केन्द्र भित्रै मादक पदार्थ सेवन गर्ने मतदान अधिकृत बर्खास्त
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??