काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ छ । निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने पनी जनाएको छ ।
“प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ”, आयोगले भनेको छ, “अपरान्ह ३ः३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ । यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको छ ।”
धेरै ठाँउमा मतदान सकिएसंगै मतपेटिकालाई सुरक्षितका साथ निर्वाचन अधिकृतको कार्यालय लैजाने काम भईरहेको छ । साथै मतगणना पनि आजबाट गरिने निर्वाचन आयोगले जनाएको छ ।
१५ केन्द्रमा मतदान स्थगित भएको निर्वाचन आयोगको भनाई
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??