चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै छ । पछिल्लो प्राप्त जानकारी अनुसार अहिलेसम्म १६ हजार २ सय २० मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ६ हजार ४ सय १ मतसहित अग्रता लिएका हुन । उनलाई नेकपा एमालेका कृष्णभक्त पोखरेलले ४ हजार ६ सय ३६ मतसहित पछ्याइरहेका छन । लामिछाने र पोखरेलबीच मतको अन्तर १७ सय ६५ रहेकोमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ४ हजार १ सय ६५ मत प्राप्त गरेका छन । मतगणना जारी छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??