आज बाला चतुर्दशी पर्व मनाइँदैएको छ । प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीका दिन पितृहरुको सम्झनामा हिन्दु धर्मावलम्वीहरुले सतबीज छरेर यो पर्व मनाउदै आएका छन। रुपन्देहीको कञ्चन नदि लगायत देशभरका बिभिन्न तीर्थस्थलहरुमा बिहानदेखि नै सतबीज छर्ने भक्तजनहरुको भीड लाग्ने गर्दछ ।
सोमबार त्रयोदशीका दिनदेखि तीर्थस्थलमा गई पितृका नाममा बत्ति बाल्ने तथा दीपदान गरी बस्ने गर्दछन् ।
रातभर दीपदान गरी बसेका भक्तजनहरुले मंगलबार बिहानै सतबीज छर्ने गर्छन् । सतबीजमा धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो लगायत पर्दछन् । यस दिन सतबीज छर्दा देहान्तपछि अलपत्र परेका आत्मा वा नरकमा परेकाहरुको उद्धार भई बैकुण्ठमा बास पाउँछन् भन्ने शास्त्रीय मान्यता समेत रहेको छ ।
आज बाला चतुर्दशी पर्व मनाइयो
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??