spot_img
spot_img
spot_img

अष्ट्रेलियाद्धारा इङ्ल्यान्डविरुद्धको एकदिवसीय सिरिज क्लिनस्वीप

spot_img

एजेन्सी । अष्ट्रेलियाले इङ्ल्यान्डविरुद्धको एकदिवसीय क्रिकेट सिरिज क्लिनस्वीप गरेको छ । मंगलबार भएको खेलमा आष्ट्रेलियाले इङ्ल्यान्डलाई डीएलएस पद्धतीमा २२१ रनले हराउँदै सिरिज जितेको हो । अष्ट्रेलियाले सिरिजको पहिलो खेलमा इङ्ल्यान्डलाई ६ विकेटले हराउँदा दोस्रो खेलमा ७२ रनले हाराएको थियो । अष्ट्रेलियाले जितको लागि दिएको ३६४ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३१।४ ओभरमा १४२ रनमा अल आउट भयो । इङ्ल्यान्डका ओपनर जेसन रोयले सर्वाधिक ३३ रन बनाए । त्यस्तै जेम्श भिन्स २२ रन बनाउँदा मोईन अलीले १८ रनको योगदान गरे ।
अष्ट्रेलियाका एडम जाम्पाले चार विकेट लिए ।

त्यस्तै प्याट कमिन्स र शेन एबोटले दुई–दुई विकेट लिए । जोश हेजलवुड र मिचेल मार्शको नाममा एक एक विकेट रह्यो । त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको गरेको अष्ट्रेलियाले निर्धारित ४८ ओभरमा ५ विकेट गुमाउँदै ३५५ रन बनाएको थियो । वर्षाको कारण खेल २ ओभर घटाइएको थियो । इङ्ल्यान्डले डीएलएसका आधारमा उक्त लक्ष्य पाएको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img