गोरखा क्षेत्र नं २ मा नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्य प्रतिस्पर्धीसँग १२ हजारभन्दा बढी मतले अग्रता कायम राखेका छन । कूल ४१ हजार चार सय सात मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले आठ हजार चार सय ६३ मत पाएका छन ।
बुर्लाकोटी अध्यक्ष दाहालभन्दा १२ हजार छ सय ११ मतले पछाडि छन ।
त्यस्तै नेकपा एमालेका अब्दुस सलाम मियाँ भने तेस्रो स्थानमा छन । उनले अहिलेसम्म पाँच हजार छ सय ३६ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिएका छन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??