spot_img
spot_img
spot_img

रुपन्देही ५ मा बासुदेव घिमिरेले मतान्तर बढाउदै

spot_img

रुपन्देही क्षेत्र नं. ५ मा बासुदेव घिमिरेले भरत कुमार शाहसंगको मतान्तर झन धेरै बढाउदै गएका छन। पछिल्लो पटक ६७ हजार ३ सय २१ मत गणना हुंदा नेकपा एमालेका बासुदेव घिमिरेले २९ हजार १ सय ४५ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका भरत कुमार शाहले २१ हजार ६४ मत प्राप्त गरेका छन। २ पटक निरन्तर र २०५६ मा गरी प्रतिनीधि सभा सदस्य भएर संसदिय अभ्यासमा अनुभव लिइरहेका शाहलाई प्रतिनीधि सभाका लागि नयाँ अनुहारको रुपमा तिलत्तोमा नगरपालिकाका प्रथम तथा पुर्व मेयर घिमिरेले टक्कर दिइरहेका छन।
२०६४ सालको संबिधान सभाको चुनावमा बाहेक न्पाली कांग्रेसले कब्जा गर्दै आइरहेको रुपन्देही क्षेत्र नं. ५ मा पहिलो पटक नेकपा एमालेका बासुदेव घिमिरेले तोड्ने अन्तिम तरखरमा रहेका छन। शाह र घिमिरेको मतान्तर ८ हजार ८१ मत रहेको छ। यसपछि जनमत पार्टीका चन्द्रशेखर सोनारले ५ हजार ८ सय ९५ प्राप्त गरेका छन भने हाम्रो नेपाली पार्टीका भिष्म रानाले ५ हजार २ सय ४० मत प्राप्त गरेका छन।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img