रुपन्देहीको क्षेत्र नं ३ मा नेकपा एमाले–राप्रपा गठबन्धनका उम्मेदवार राप्रपाका दीपक बोहोरा र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार वालकृष्ण खाँण बीच कडा प्रतिस्पर्धा देखिएको छ । उनीहरूबीच बिहीबार ५० देखि ३ सय सम्मको मतान्तर भइरहेको छ । कहिले खाँण त कहिले बोहरोले अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाममा बोहोराले २१ हजार ८ सय २२ मत प्राप्त गरेका छन् भने खाँणले २१ हजार ५ सय ९१ मत प्राप्त गरेका छन् । अहिले मतगणना जारी छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??