करेन्ट लागेर दाङमा एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका १६ जहदागाउँको एक कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा कैलालीको भजनी नगरपालिका ७ ढुसेका ४८ वर्षीय सुरेश डाँगीको मृत्यु भएको हो । डाँगीको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??