९ बर्षदेखी सवारी ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका अर्का एक व्यक्ति पक्राउ परेका छन। विगत ९ वर्षदेखी लुकिछिपी वसिरहेका सिताराम थारुलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो। डिलाराम घिमिरेको जाहेरीले सवारी ज्यान मुद्दामा ३ महिना कैद ठहर भई हालसम्म फरार रहेका साविक सालझण्डी गा.वि.स–०८, हालको सैनामैना न.पा–११ वस्ने वर्ष ४० को सिताराम थारुलाई ईलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको हो।
पक्राउ गरी फैसला कार्यान्वयनको लागी जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराई सोहि दिन नै उनलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??