spot_img
spot_img
spot_img

युनियन लाईफ देवदह शाखाद्धारा स्वर्गिय रौतारको परिवारलाई चेक रकम हस्तान्तरण

spot_img

युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड खैरेनी देवदह शाखाले स्वर्गिय शंकरप्रसाद रौतारको परिवारलाई चेक रकम हस्तान्तरण गरेको छ ।
आजभन्दा ४ बर्ष अगाडि  युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड खैरेनी देवदह शाखाबाट पाँच लाखको बीमा गराएका बाँणगगा नगरपालिका वडा न ३, धनकौली निवासी रौतारको मिति २०७९/५/११ गते ३९ बर्सको उमेरमा निधन भएको थियो। उनै रौतारको श्रीमती केवलपति रौतार र छोरा सकेत रौतारका साथै सपरिवार लगायत बाँणगगा ३ धनकौली गाउँ समाजको उपस्थितिमा गाउँमै गई शाखाले श्रीमती केवलपति रौतारलाई रु ५ लाख ५१ हजार ३ सय ३३ रुपैँयाको चेक हस्तान्तरण गरेको हो । 

सो कार्यक्रममा शाखा प्रबन्धक दिनेश चौधरी, खैरेनी शाखाकै सिनियर एजेन्सी म्यानेजर तुल्सीप्रसाद थारु,शाखाका प्रथम MDRT रामबहादुर थारु, लुम्बिनी प्रदेश कै प्रथम COT महेस्वर चौधरी थारु, MDRT राजेन्द्र थारु, MDRT गीता चौधरी थारु एजेन्सी म्यानेजर राधा कुमारी थारु, अन्जु चौधरी थारु, अनिता थारु, नन्दा चौधरी, बाणगङ्गा ३ का अध्यक्ष टेकबहादुर झेडि मगर लगायतको उपस्थिती रहेको थियो ।

अध्यक्ष टेकबहादुर झेडि मगरले फजुल खर्च बचाउन सके सबैको सानो ठुलाे बीमा सहजै हुने कुरा बताउदै आफ्नो जन्मोत्सव मा भोजभतेर साटाेमा २० लाख बराबर को बीमा यसै कम्पनीमा गरि आफ्नो छोरीलाई उपहार दिनु भएको कुरा जानकारी गराउदै बीमा पोलिसी फाईल ग्रहण गरेका थिए । बीमा बारेमा COT श्री महेश्वर चौधरी, एजेन्सी म्यानेजर तुल्सीप्रसाद थारुले आफ्नो भनाई राखेका थिए । MDRT राजेन्द्र थारुले बीमा आवश्यकता होइन अनिवार्य हो भन्ने कुरामा जोड दिएका छन । उक्त कार्यक्रम को सन्चालन Sr AM MDRT राम बहादुर थारुले गरेका थिए भने समापन आकार्यक्रमका अध्यक्ष एवम कम्पनिका खैरेनी शाखा प्रबन्धक दिनेश चौधरीले गरेका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
2
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img