सवारी ज्यान मुद्दामा फरार रहेका एक पुरुष रुपन्देहीबाट पक्राउ परेका छन। २०७६ सालमा सवारी दुर्घटनामा मृत्यु भएको भन्दै मिनबहादुर घर्ती मगरले दिएको जाहेरीका आधारमा जिल्ला अदालतको मिति २०७८/०९/०८ गतेको फैसलाले १ वर्ष कैद तथा रु २ हजार जरिवाना ठहर भई फरार रहेका साविक रुद्रपुर गाविस वडा नं ४, हालको कञ्चन गाँउपालिका वडा नंबर ५ का फरार प्रतिवादी यमलाल पाण्डेलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।
पाण्डेय रुपन्देही जिल्लाका विभिन्न स्थानमा लुकीछिपी बसिरहेको छन् भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले खोजतलास गरेको थियो । ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा उनलाई उनकै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी कारागार चलान गरिएको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक जगन्नाथ मरासिनीले जानकारी दिनुभयो ।