spot_img
spot_img
spot_img

नेपाल एअरलाइन्सले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान भर्दै

spot_img

नेपाल एअरलाइन्सले कतारको दोहा र मलेसियाको क्वालालम्पुरबाट भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले उडान अनुमति दिएसंगै निगमले आगामी पुस ४ गतेदेखि ती दुई गन्तव्यमा उडान सञ्चालन गर्ने जनाएको हो।
निगमका प्रवक्ता अर्चना खड्काले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्ने उडान तालिका स्वीकृत भएको बताईन। साताको दुई दिन आइतबार र मङ्गलबार, काठमाण्डौ–दोहा–भैरहवा–काठमाण्डौ र साताको एक दिन क्वालालम्पुरदेखि भैरहवा उडान गरेर उक्त जहाज काठमाण्डौ आउनेछ खड्काले बताईन।
यसैबीच निगमको भारतको नयाँदिल्ली गन्तव्यमा साताको १४ उडान हुने भएको छ । यसअघि कटौती भएको दिल्लीको सबै उडान हुनेगरी तालिका पुनःस्वीकृत भएको निगमले जनाएको छ । निगमले काठमाण्डौ–दिल्ली गन्तव्यमा अव दैनिक दुई उडान गर्नेछ । पछिल्लो एक महिनादेखि निगमले उक्त गन्तव्यमा साताको १० उडान गर्दै आएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
2K
खुसी
205
हासो
337
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img